आजदेखि मेलम्चीको १२ करोड लिटर पानी उपत्यकामा | Khabarhub Khabarhub

आजदेखि मेलम्चीको १२ करोड लिटर पानी उपत्यकामा


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरू भएको छ ।

चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरू गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

शुभारम्भका दिन साढे आठ करोड लिटर पानी वितरण भएको थियो । चैत मसान्तसम्म परीक्षणका रुपमा साढे आठ करोड लिटर पानी वितरण गरिएको थियो ।

वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरू गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । अब केही दिनमा १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ । क्रमशः बढाउँदै वैशाख ५ गते सम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ ।

हाल सुन्दरीजलका पानी दुबै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो । सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पुर्‍याई वितरण शुरु भएको छ ।

मेलम्ची खोलाबाट १७ करोड लिटर पानी राजधानी आएपछि कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पुर्‍याएर परीक्षणका रुपमा वितरण गरिनेछ ।

सुन्दरीजलबाट थोक वितरण प्रणालीबाट पानी पानीपोखरीमा लगिन्छ । यसका लागि ७७ किमी थोक वितरण प्रणाली तयार भइसकेको छ । पानी वितरणका लागि राजधानीमा नौवटा पानी पोखरी र एक हजार १०० किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ ।

मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ । अनामनगरको ५०० धारामा मात्र नयाँ वितरण प्रणालीबाट पानी पठाउन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा करीब ८० हजार नयाँ धारा जडान गरिएको छ । सबै धारामा नयाँ मिटर जडान गर्न लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ४५ बजे

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल