बजेट, नीति तथा कार्यक्रमबारे मन्त्री अर्यालद्वारा सांसदसँग छलफल « Khabarhub

बजेट, नीति तथा कार्यक्रमबारे मन्त्री अर्यालद्वारा सांसदसँग छलफल


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले बजेट, नीति तथा कार्यक्रमसम्बन्धी सांसदहरुसँग छलफल गरेकी छिन् ।

मन्त्री अर्यालले आज (शुक्रबार) मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८/०७९ कृषि मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुसँग छलफल गरी सुझाब लिएकी हुन् ।

त्यस अवसरमा बोल्दै कृषिमन्त्री अर्यालले विगतमा सञ्चालित कार्यक्रमलाई यसपाली सरकारले सच्याउने बताइन् । विगतमा सञ्चालनमा आएका तर प्रभावकारी हुन नकसकेका केही कार्यक्रम सच्याउने र केही कार्यक्रम नयाँ थप्ने तयारी रहेको मन्त्री अर्यालको भनाइ छ ।

‘विगतमा सञ्चालन भएका कार्यक्रमहरुका बारेमा मान्यज्यूहरुले प्रश्न उठाउनुभयो। त्यसका विषयमा धेरै प्रश्नहरु उठेका पनि छन्’, मन्त्री अर्यालले भनिन्, ‘त्यसैले हामीले विगतमा सञ्चालित कार्यक्रम सच्याउने तयारी रहेका छौ। केही नयाँ कार्यक्रम पनि थप गर्नेछौँ।’

कार्यक्रममा सांसदहरुले प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने, अनुदानका कार्यक्रमहरुमा विशेष ध्यान दिनुपर्ने, त्यसमा गैरकिसानले सुविधान लिने कुरालाई रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने, मागअनुसार सिधै स्थानीय तहमा बजेट पठाउने ब्यवस्था गरिनुपर्ने, संघ, प्रदेश र पालिकाको कार्यक्रमबीचमा समन्वय बढाउनुपर्ने, गुणस्तर मापन ल्याब स्थापना गर्नुपर्ने, कृषि उपजको इन्सुरेन्श तत्काल शुरु गर्न आवश्यक रहेको बताएका थिए ।

सांसदहरु खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाथा थापामगर, दलबहादुर रानामगरलगायतले आ-आफ्नो सुझाव राखेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ५९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको