जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी शुरु « Khabarhub

जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी शुरु


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ विस्तार गरिरहेको छ।

नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआरकोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरेकी हुन्।

उद्घाटन कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैँक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले शुभकामना मन्तव्य दिएका थिए।

नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएकोले नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको उनको भनाइ थियो। डिजिटल भुक्तानीको व्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उनले बताए।

मेगा बैंककी सीईओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताइन्।

क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनुपर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताइन्।

यसैगरी, सीईओ खुञ्जेलीले सहुलितपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जालगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न मेगा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्कअन्तर्गतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधै बैंकिङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताए।

यसैगरी, विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारका अध्यक्ष छबिलाल ओझाले १ सय ५० जनालाई आफूहरुले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैंकसँग जोडिन पाउँदा अत्यन्तै खुसी भएको बताए।

कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्मा, प्रमुख लियाब्लिटी अफिसर जेनु थापा, प्रमुख कार्ड तथा वैकल्पिक च्यानल विभाग प्रमुख विश्व सिंह, जोरपाटी शाखाका प्रबन्धक कृष्ण श्रेष्ठ तथा एफ वान सफ्टका गु्रप चिफ अपरेटिङ अफिसर शिशिर पछाईं लगायतको पनि उपस्थिति थियो।

तरकारी बजारमा क्यूआरकोड सेवा शुभारम्भ भएपछि व्यवसायी तथा ग्राहकहरु निकै हर्षित भएका छन्। यो ब्यवस्थासँगै उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन।

क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ४६ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज