आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना, के होला अन्यत्र ? « Khabarhub

आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना, के होला अन्यत्र ?


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्युन चापीय प्रणालीको प्रभावले आज दिउँसो देशका पहाडी भेगमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ २ गते (आइतबार)

दिउँसो: प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ३ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ४ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै