इजरायल र प्यालेस्टाइनका नेतासँग अमेरिकी राष्ट्रपति बाइडेनको टेलिफोन संवाद « Khabarhub

इजरायल र प्यालेस्टाइनका नेतासँग अमेरिकी राष्ट्रपति बाइडेनको टेलिफोन संवाद


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चासो ब्यक्त गरेका छन् ।

गत सोमबारदेखि गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा भिडन्त जारी रहेपछि बाइडेनले इजरायल र प्यालेस्टाइनका नेतासँग टेलिफोन संवाद गरेका छन् ।

राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन संवाद गरेका हुन् ।

सो क्रममा बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनै पनि आतंककारी समूहबाट हुने आक्रमणको प्रतिरक्षाका लागि अमेरिकाको सदैव सहयोग रहने प्रतिवद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बाइडेनले पत्रकारको सुरक्षालाई लिएर पनि कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

इजरायलले गाजापट्टीमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालय रहेको भवनमाथि बम बर्साएपछि अमेरिकाले त्यसकाप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जेन साकीले ट्वीटरमा लेखेकी छिन्, ‘हामीले इजरायललाई पत्रकार र स्वतन्त्र मीडियाको सुरक्षा सुनिश्चितता गर्न उसको प्रमुख भूमिका रहेको बताएका छौँ।’

शनिबार इजरायलले गाजास्थित एक बहुतल्ले भवनमा बम बर्साएको थियो । सो भवनमा कयौँ विदेशी मीडियाका कार्यालय थिए।

बाइडेनले सत्तामा आएपछि पहिलोपटक प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग पनि टेलिफोन संवाद गरेका छन् ।

उनले हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण रोक्न दबाब दिएको जनाइएको छ ।

गएको सोमबारदेखि जारी भिडन्तमा अहिलेसम्म १५८ जनाको मृत्यु भएको विवरणहरू सार्वजनिक भएको छ । त्यसमा गाजामा कम्तीमा १४८ तथा इजरायलमा १० जनाको ज्यान गएको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : १० बजे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड

अरुण नदीको बेलिब्रिज भाँचियो

किमाथांका – यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

गण्डकी– प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन्

कञ्चनपुर–  प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा