मनाइयो आद्य शङ्कराचार्य जयन्ती | Khabarhub Khabarhub

मनाइयो आद्य शङ्कराचार्य जयन्ती


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइएको छ ।

यस अवसरमा महेश संस्कृत गुरुकुलले जुम प्रविधिबाट आज आयोजना गरेको कार्यक्रममा गुरुकुलका संस्थापक स्वामी डा रामानन्द गिरीका उत्तराधिकारी स्वामी रमणानन्द गिरीले आजभन्दा एक हजार २०० वर्षअघि धर्मको व्याख्या गर्ने कुनै संस्था विश्वमै स्थापना नभएका समयमा भारत वर्षका चार स्थानमा वैदिक सनातन धर्मको संरक्षणका लागि शङ्कराचार्यले मठ स्थापना गरेको सुनाए । ती संस्था अहिले पनि निरन्तर चलिरहेका छन् ।

“भगवान् शङ्कराचार्यले पाञ्चायन पूजाको विधि शुरु गर्नुभयो, छ मतलाई एकै स्थानमा स्थापना गरेर एकता कायम गराउनुभयो”, रमणानन्द स्वामीले भने ।

छ वर्षअघिको भूकम्पले भत्किएको पशुपति क्षेत्रस्थित शङ्कराचार्य मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । मन्दिर आजै उद्घाटन गर्ने कार्यक्रम राखिएकामा निषेधाज्ञाले पूरा हुन नसकेको जनाइएको छ ।

दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवी (माता आर्याम्बा कतै सतीदेवी) का गर्भबाट शङ्कराचार्यको जन्म भएको हो ।

‘शङ्करं शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिएको भन्ने विश्वास छ ।

प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले शुरु गरेको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउँछन् । सोह्र वर्षको मात्र आयु लिएर जन्मिएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए ।

शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि उनले भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँडेको पनि घिमिरेले बताए ।

उनले स्थापना गरेका चार मठमा श्रृङ्गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमश : यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्राय बनेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ०१ बजे

संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : विमलेन्द्र निधि

धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई

भारतले ल्यायो हरित हाइड्रोजनबाट चल्ने बस

काठमाडौं – भारतले नयाँ प्रविधिमा आधारित हरित हाइड्रोजनबाट सञ्चालन हुने

अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते (अपडेट)

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेको स्थानमा बसले

टाटाले भारतीय बजारमा दुई वर्षपछि सी २९५ विमानको आपूर्ति थाल्ने

काठमाडौं – भारतीय कम्पनी टाटाले दुई वर्षपछि सी–२९५ विमान आपूर्ति

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा