कोभिड विरुद्ध खर्च गर्न अर्थले दियो स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ३१ करोड रुपैयाँ सहमति « Khabarhub

कोभिड विरुद्ध खर्च गर्न अर्थले दियो स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ३१ करोड रुपैयाँ सहमति


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ ।

मन्त्रालयले आज २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र ट्यांकका लागि रु दुई अर्ब ९५ करोड २० लाख बराबरको सहमति दिएको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिइएको जनाएको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : ४२ बजे

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको