सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता « Khabarhub

सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ ।

उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिण्डर ग्यास छन् ।

उनकाअनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार ११४ सिलिण्डर छन् ।
यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार ५०० अक्सिजनसहितका आइसोलेशन सेन्टर छन् ।

उनका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८१२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडियु) दुई हजार ५९०, एक हजार ६२३ सघन उपचार कक्ष (आइसियु) र ५९८ भेन्टिलेटर छन् ।

उनले हाल अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास गरिएको जानकारी दिए । उनका अनुसार चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौँ आइपुग्ने छ । सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८२८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ४५ बजे

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख