पहिरोले अवरूद्ध मध्यपहाडी लोकमार्ग खुलाउन समस्या « Khabarhub

पहिरोले अवरूद्ध मध्यपहाडी लोकमार्ग खुलाउन समस्या


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन ।

सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो ।

जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर अवरुद्ध सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिनभरि निरन्तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन् । सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत हुन थालेका हुन् ।

अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै पहिरो पनि निरन्तर झरिरहेको छ । प्रनाउ अधिकारीका अनुसार मालढुङ्गा–बेनी सडकमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

प्रहरीले मङ्गलबार दिउँसो खुलाइएको सडक साँझ फेरि पहिरो झरेर अवरुद्ध भएको उनले जानकारी दिए ।

योसँगै जिल्लाका अन्य ग्रामीण सडक पनि अवरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास–रानीपानी सडक, लमाय–लुँखु सडक, पातीचौर–देउराली सडक पनि पहिरोले रोकिएका छन् । जलजला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध छन् ।

सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने सवारी, निर्माण सामग्री बोकेका ट्रक बीच बाटोमा रोकिएका छन् । पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडकहरु खुलाउन वर्षाका कारण समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

उनले सडकसँगै बस्तीमा पनि पहिरो आउने खतरा रहेकाले सतर्क रहन अनुरोध गरिएको बताए । निरन्तरको वर्षाका कारण भिरालो स्थानमा रहेका बस्तीहरुमा पहिरो आउने खतरा रहेकाले सचेत रहन प्रशासनले सूचित छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ३० बजे

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका