चीनसँग सम्बन्धित ह्याकरले अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको खुलासा | Khabarhub Khabarhub

चीनसँग सम्बन्धित ह्याकरले अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको खुलासा


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनसँग सम्बन्ध रहेका ह्याकरहरूले अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको बताइएको छ ।

ह्याकरहरूले भीपीएन् (भर्चुअल प्राईभेट नेठवर्क)को कमजोर प्रणाली प्रयोग गरी अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चीनसँग सम्बन्ध रहेका कम्तिमा दुई समुहहरूले भीपीएन प्रयोग गरी अमेरिकी रक्षा क्षेत्रमा आक्रमण गर्न महीनौसम्म तयारी गरेको बताइएको छ ।
अमेरिकी यूटा राज्यमा रहेको आईटी कम्पनी इभान्टीको भीपीएन पल्स कनेक्ट सेक्युरको कमजोरी प्रणालीलाई ह्याकरहरूले प्रयोग गरेको पाइएको कम्पनीले जनाएको छ ।

यस्तो जासुसी अभियानमा को जिम्वेवार रहने भन्ने बारे इभान्टी कम्पनीले केही बताएको छैन । तर, साइबर सुरक्षा कम्पनी फायरआईले ह्याकरहरूको एक समुह भने चिनियाँ सरकारको प्रायोजनमा परिचालित रहेको आशंका व्याक्त गरेको छ ।

ह्याकरहरू कुन मुलुकसँग आबद्ध छन भन्ने कुरा निर्क्योल गर्न सहज नभए पनि उनीहरूले प्रयोग गर्ने युक्ति, पूर्वाधार, साधन तथा लक्षित क्षेत्र अध्ययन गर्दा चीनसँग सम्बन्धित देखाएको फायरआइले जनाएको छ ।

फायरआइ कम्पनीको आरोप गलत मनसाय र गैरजिम्मेवार रहेको भन्दै चिनियाँ दूतावासका प्रवक्ता लीउ पेन्ग्युले आरोपको खण्डन गरेका छन् ।

ह्याकरहरूले बिशेषगरि अमेरिकी रक्षा क्षेत्र साथै संसारभरि रक्षा, सरकार तथा वित्तिय क्षेत्रहरूलाई लक्षित गरेको फायरआइले बताएको छ । स्रोत : रोयटर्स

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : १५ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ