सर्वसाधारणलाई मोबाइलमै पठाउन थालियो बाढीपहिरोको पूर्वसूचना | Khabarhub Khabarhub

सर्वसाधारणलाई मोबाइलमै पठाउन थालियो बाढीपहिरोको पूर्वसूचना


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी पहिरोका घटना बढेपछि सर्वसाधारणलाई मोबाइलमै बाढीपहिरोको पूर्वसूचना पठाउन थालिएको छ ।

जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरी बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको हो ।

बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन शुरु भएयता ‘खोला नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको छ ।

हिजो साँझसम्म नेपाल टेलिकमबाट एक लाख ७२ हजार एक सय ३९ र एनसेलबाट ८२ हजार ६ सय ३४ गरी दुई लाख ५४ हजार सात सय ७३ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ।

सरकारले वर्षाको मापन गर्न स्वचालित केन्द्र स्थापना गरेको छ। ती केन्द्रबाट हरेक १० मिनेटमा नदी तथा खोलामा पानीको मात्रा कति छ थाहा हुन्छ।

जोखिमको सम्भावना भएमा स्थानीय बासिन्दाको मोबाइलमा एसएमएस पठाउने गरिन्छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ४८ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा