विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय « Khabarhub

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम न्यूनीकरणका लागि सरकारले विपद प्रतिकार्य योजना पारित गरेको छ ।

गृहमन्त्री खगराज अधिकारी नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गर्दै कार्ययोजना पारित गरेको हो ।

मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उनले बताए ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । प्रभावित क्षेत्रमा खाद्यसामग्री, टेन्टलगायतका आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिस’मा काम गर्दै आएको उदाहरण भएको बताए ।

यसैगरी नुवाकोटको दुप्चेश्वरको भीरमा अड्किएको ठूलो ढुंगालाई व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस