उपचारका लागि दिल्ली उड्नुअघि खनालले भने–पार्टी जोगाऔँ « Khabarhub

उपचारका लागि दिल्ली उड्नुअघि खनालले भने–पार्टी जोगाऔँ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन आह्वान गरेका छन्।

थप उपचार गर्न भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उनले रिस, राग, बदलाभाव र अहंकार त्यागेर पार्टी एकता गर्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउन प्रयत्न गर्‍यौँ भने मात्र हामी सफल हुन सक्छौँ र मुलुकको नेतृत्व गर्न सक्छौँ।’

पार्टीभित्र मात्रै होइन सबै राजनीतिक दलहरूबीचको विभाजन र ध्रुवीकरणले आफूलाई चिन्तित बनाएको उनले उल्लेख गरेका छन्। देशका प्रमुख दलहरू र तीनका नेताबीचको अनावश्यक टकराव, महत्वकांक्षा र इगो सांध्ने कार्य तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

लगातार ज्वरो आएर स्वास फेर्न गाह्रो भएपछि नर्भिक अस्पताल भर्ना भएका खनाललाई चिकित्सकको सल्लाहमा आज दिल्लीस्थित अपोलो अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  २ : ३९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी