व्यवसायी प्रेमीसँग नयाँ घरमा बस्दै ज्याकलिन « Khabarhub

व्यवसायी प्रेमीसँग नयाँ घरमा बस्दै ज्याकलिन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार उनी एक व्यवसायीसँग प्रेम सम्बन्धमा छिन् । ती व्यवसायीसँग बस्नका लागि उनी अहिले नयाँ घर खोजिरहेकी छन् ।

ज्याकलिनले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म गोपनियता कायम गरेकी छन् । तर ज्याकलिन निकट स्रोतका अनुसार दुई महिनादेखि उनी जुहू र बान्द्राको बीचमा फेसिङ घरको खोजी गरिरहेकी छन् ।

‘उनी अहिले एक्लै घरको खोजी गरिरहेकी छन् । जुन घरमा उनी आफ्नो विशेष मान्छेसँग बस्न चाहन्छिन् । कैयौं घर हेरिसकेपछि उनीहरुले अन्ततः जुहूमा एक घर भेटेका छन्’, स्रोतले भनेको छ ।

घरको इन्टेरियर डिजाइनका लागि उनीहरुले फ्रान्सबाट एक डिजाइनर हायर गरेका छन् । डिजाइनरले ज्याकलिनले भनेअनुसारको डिजाइनको काम गरिरहेका छन् । जसका लागि प्रारम्भिक चरणा ज्याकलिनले केही रकम डिजाइनरलाई दिएकी छन् र मुम्बईमा लागु भएको लकडाउन खुल्नासाथ फाइनल सम्झौता गर्नेछन् ।

ज्याकलिन र उनको व्यवसायी प्रेमी प्रेम सम्बन्धलाई लिएर गम्भीर छन् । उनीहरु भिडियो कलमार्फत एकापसमा कुराकानी गर्छन् । घरको कुरा पनि उनीहरुले भिडियोमार्फत नै फाइनल गरेका हुन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ३५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा