बालिका बलात्कारको आरोप बृद्ध पक्राउ « Khabarhub

बालिका बलात्कारको आरोप बृद्ध पक्राउ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।

बुधबार जनकपुरधाम उपमहानगरपालिका–२२ का ५० वर्षीय छेदु मण्डललाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति बसबिट्टीकी ४ वर्षीया बालिका उनले जर्वजस्तीकरणी गरेको पीडितले उजुरी दिएका छन् । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरीलाई पीडित पक्षले दिएको ब्यान अनुसार मंगलबार साँझ छिमेकीसमेत रहेको मण्डलले बालिकालाई खेलाउनका लागि घरबाट लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए ।

अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजविन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोही आधारमा प्रहरीले बुधबार बिहान मण्डललाई पक्राउ गरी घटनाको अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : १५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार