पर्यटनमन्त्री अरगरियालाई गृह जिल्लामा १०१ किलोको मालाले स्वागत « Khabarhub

पर्यटनमन्त्री अरगरियालाई गृह जिल्लामा १०१ किलोको मालाले स्वागत


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई बुधबार धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री यादवलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका अरगरियालाई जसपाका युवा नेता राजेश यादवले १०१ किलोको मालाले स्वागत गरेका थिए ।

जसपा महन्थ ठाकुर पक्षका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेताहरुले स्वागत गरे पनि कार्यक्रम स्थलमा भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव निकटका नेताहरुको उपस्थिति थिएनन् ।

जनकपुरको भानु चोकस्थित घर पुगेपछि उनलाई आफन्तले समेत स्वागत गरेका थिए । घरमा १० मिनेट पनि नबसेर उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले राखेको स्वागत कार्यक्रममा पुगेका थिए ।

उनले आजै जानकी मन्दिरमा पूजापाठ पनि गरेका छन् । मन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरेका थिए ।

मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने स्वास्थ्य सामग्री समेत सहयोग गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ३६ बजे

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि