मिथुनको जन्मदिनमा प्रहरीको सोधपुछ « Khabarhub

मिथुनको जन्मदिनमा प्रहरीको सोधपुछ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– हालै सम्पन्न बंगाल विधानसभा चुनावको समयमा भड्काउने किसिमको भाषण दिएको आरोपमा कोलकाता प्रहरीले बुधबार दिग्गज बलिउड अभिनेता तथा भाजपा नेता मिथुन चक्रवर्तीलाई सोधपुछ गरेको छ ।

उनलाई उत्तर कोलकाताको मानिक तल्ला थानाका अधिकारीहरुले बिहान १० बजेर २० मिनेटदेखि करिब ४५ मिनेटसम्म भर्चुअल माध्यमबाट सोधपुछ गरेको हो ।

पुणेमा रहेका मिथुनले बुधबार आफ्नो ७१ औं जन्मदिन मनाउदै थिए । उनीमाथि भड्काउ भाषणको आरोपमा महानगरको मानिक तल्ला थानामा उजुरी परेको थियो ।

उनीमाथि भाषणमा आफ्नो फिल्मको चर्चित संवाद बोलेर चुनावपछि हिंसा भड्काएको आरोप लागेको थियो । गत मार्च ७ मा भाजपामा प्रवेश गरेपछि आयोजित र्यालीमा चक्रवर्तीले ‘तुम्हे मारुंगा तो लाश शमशान में गिरेगी’ र ‘साँप के एक दंश से तुम तस्वीर मैं कैद हो जाओगे’ जस्ता संवाद बोलेका थिए । जसकारण मे २ को चुनावी नतिजापछि राज्यको केही हिस्सामा हिंसा भड्किएको थियो ।

कोलकाता पुलिसले दर्ता गरेको उजुरी खारेजीको माग गर्दै चक्रवर्तीले कलकत्ता हाई कोर्टमा अपिल गरेका थिए । यद्यपि कोर्टले मिथुनलाई भिडियो कन्फरेन्समार्फत अनुसन्धान अधिकारी समक्ष सोधपुछमा सहभागी हुन निर्देश गरेको थियो ।

सोधपुछमा मिथुनले फिल्मको संवाद केवल रमाइलोका लागि मात्र बोलेको र आफू निर्दोष रहेको बताएका थिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ३५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा