रातभर खोलामा फसेका सातको उद्धार « Khabarhub

रातभर खोलामा फसेका सातको उद्धार


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ । मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका—७ रातामाताका सात जनालाई आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरुमा लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र अर्जुन परियार रहेका छन् ।

मङ्गलबार दिउँसो खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर रातभर खोलाको बीचमै रोकिएका थिए ।

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले भने, “खोलामा पानी घटेको छैन, खोलाको केही पानी अन्यत्र लगाएर डोजरमार्फत उद्धार गर्‍यौँ ।” खोलाले सो क्षेत्रका खेतहरु धेरै बगाएको छ । नगरप्रमुख पाण्डेले नगरवासीलाई सुरक्षितसँग बस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ४५ बजे

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा