ज्ञानेन्द्र शाहीको धम्कीप्रति पत्रकार महासंघको आपत्ति « Khabarhub

ज्ञानेन्द्र शाहीको धम्कीप्रति पत्रकार महासंघको आपत्ति


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पत्रकारहरुलाई धम्की दिएकोप्रति आपत्ति जनाएको छ।

समाचार प्रसारण भएको विषयमा जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गरी धम्की दिएको घटनामा महासंघले ध्यानाकर्षण भएको जनाएको हो।

केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको घटनाका विषमाय प्रसारित सामग्रीलाई लिएर शाहीले पत्रकारलाई धम्की दिएका थिए।

महासंघ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : २४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार