बेसार सेवनका २२ फाइदा « Khabarhub

बेसार सेवनका २२ फाइदा


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेसार एक स्वास्थ्यवद्र्धक जडिबुटी हो । यसले शरीरका हरेक अंगलाई फाइदा र्पुयाउछ । त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ ।

बेसारले मानव शरीरमा लाग्ने धेरै प्रकारको रोग निदान गर्न सक्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन् ।

हजारौं वर्षदेखि प्रयोग हुदै आएको बेसार चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ । बेसारलाई नेचुलर पेन किलरका रुपमा पनि चिनिन्छ । यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ । यस्ता बेसार सेवनबाट हुने अन्य फाइदा

– लामो समयदेखि ग्यस्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा र्पुयाउँछ ।
– पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुनुका साथै निको हुदै जान्छ ।
– विभिन्न धातुबाट शरीरमा फैलिने विषबाट समेत बेसारले जोगाउछ ।
– पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा बेसारले फाइदा पुर्याउँछ ।
– मांसपेशीमा हुने पीडामा पनि बेसारपानीको सेवनले केही हदसम्म कम गर्छ ।
– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ ।
– बेसारको नियमित सेवनले स्मरण शक्तिमा वृद्धि गर्छ ।
– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ ।
– यसको सेवनले महिनावारीका बेला हुने पेटको दुखाइ समेत कम हुन्छ ।
– बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्दछ ।
– अनिद्राको समस्यामा बेसार र दूध पिउनु लाभदायक हुन्छ ।
– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ ।
– धेरै पिसाब लाग्ने, पानी तिर्खा बढी लाग्ने भएमा समेत बेसार सेवन उपयोगी हुन्छ ।
– मधुमेहमा बिहानबेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा र्पुयाउँछ ।
– १/१ चिम्टी खाने खयर र बेसार तातोपानीसँग बिहानबेलुका खाए सुख्खाखोकी ठिक हुन्छ।
– दैनिक १ चम्चा ज्वानो र बेसार पानीमा पकाएर खाए रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
– रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ ।
– दिसापिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसारको प्रयोग उपयोगी हुन्छ ।
– मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ ।
– छालाको चमक बढाउन समेत बेसारको प्रयोग अत्यन्त उपयोगी मानिन्छ ।
– नियमित बेसार सेवन गरे बुढोपना देखिँदैन ।
– विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्