नेपाली सेनाका आठ पृतना आजदेखि खारेज « Khabarhub

नेपाली सेनाका आठ पृतना आजदेखि खारेज


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका आठ पृतना आजदेखि खारेज भएका छन् । सेनाले आजदेखि चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ ।

काठमाडौँ उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज भएका हुन् । अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौँ उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु हुनेछन्। यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ।

सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ। कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौँ उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य-कमाण्ड, काठमाडौँ उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको छ।

गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेटलगायतका कारण औपचारिक कार्यक्रम भने आजदेखि मात्रै गर्न लागिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : १७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन