नेपाली सेनाका आठ पृतना आजदेखि खारेज « Khabarhub

नेपाली सेनाका आठ पृतना आजदेखि खारेज


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका आठ पृतना आजदेखि खारेज भएका छन् । सेनाले आजदेखि चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ ।

काठमाडौँ उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज भएका हुन् । अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौँ उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु हुनेछन्। यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ।

सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ। कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौँ उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य-कमाण्ड, काठमाडौँ उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको छ।

गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेटलगायतका कारण औपचारिक कार्यक्रम भने आजदेखि मात्रै गर्न लागिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : १७ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष