चितवनमा आजदेखि खोप अभियान शुरु « Khabarhub

चितवनमा आजदेखि खोप अभियान शुरु


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

यसैगरी यसअघि नै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउने छन् । परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताए । सार्वजनिक सवारीका चालक र सहचालकलाई लाइसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाउने व्यवस्था गरिएको छ ।

तोकिएका समूहबाहेक अन्यलाई यो खोप दिन नमिल्ने बताउँदै उनले भने, “तोकिएका समूहबाहेक अरुलाई खोप दिन मिल्दैन । यसअघि कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि यो खोप लगाउन मिल्दैन ।” खोपसम्बन्धी केही समस्या भएमा सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : २० बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन