२० वर्षपछि अभिनयमा फर्कदै मन्दाकिनी « Khabarhub

२० वर्षपछि अभिनयमा फर्कदै मन्दाकिनी


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– दिवंगत अभिनेता राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’की अभिनेत्री मन्दाकिनी दुई दशकपछि बलिउडमा पुनरागमन गर्दैछिन् । हालका दिनमा यी अभिनेत्री एक स्क्रिप्ट पढ्न व्यस्त छिन् र चाँडै नै आफू कुन प्रोजेक्टमार्फत दर्शकमाझ आउने भनेर निर्णय लिनेछिन् ।

मन्दाकिनीका मेनेजर बाबूभाई थिबाले मन्दाकिनी पुनरागमन गर्न लागेको कुराको पुष्टि गरेकी छन् । ‘मन्दाकिनी साँच्चै फर्कन लागेकी छन् । हालका दिनमा उनी स्क्रिप्ट पढिरहेकी छन् । उनी वेब सिरिज र फिल्मका लागि काम गर्न तयार छिन् । उनी प्रोजेक्टमा प्रमुख भूमिका निभाउन चाहन्छिन्’, मेनेजरले भनेका छन् ।

मन्दाकिनीका भाइ भानुले नै उनलाई अभिनयमा फर्कनका लागि मनाएका थिए । ‘जब उनी कोलकातामा दुर्गा पूजा पंगालोमा घुमिरहेकी थिइन्, त्यो बेला उनको फ्यान फलोइङ अहिले पनि धेरै रहेछन् भन्ने थाहा पाएँ । त्यहीकारण मैले उनलाई पुनः अभिनय सुरु गर्न भनें’, भानुले भनेका छन् ।

मन्दाकिनीलाई टेलिभिजन शो ‘छोटी सरदानी’मा प्रमुख भूमिकाका लागि अफर आएको थियो । तर उनले अस्वीकार गरेकी थिइन् । उनलाई यो भूमिकाका लागि अनीता राजले सिफारिस गरेकी थिइन् ।

मन्दाकिनी पछिल्लो पटक बंगाली फिल्म ‘से अमर प्रेम’मा देखिएकी थिइन् । यो फिल्म सन् २००२ मा रिलिज भएको थियो । १७ वर्षको करियरमा उनले ४८ फिल्ममा काम गरिन् । उनले हिन्दी र बंगालीका अलावा केही तेलुगु फिल्ममा पनि अभिनय गरिन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : ५५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य