कोरोनाले वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यास भने बढ्यो « Khabarhub

कोरोनाले वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यास भने बढ्यो

११ महिनामा ८ खर्ब ७० अर्ब भित्रियो


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या घटे पनि वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरुले नेपाल पठाउने पैसा (रेमिट्यान्स) भने बढेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्गा ५९ दशमलव ९ प्रतिशतले घट्दा रेमिट्यान्स आप्रबाह भने १२ दशमलव ६ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले बुधबार सार्वजानिक गरेको छ ।

गत आर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘देशको आर्थिक वित्तीय अवस्था’ मा सो रकम रेमिट्यान्समार्फत नेपाल भित्रिएको उल्लेख छ ।

समीक्षा अवधिमा रेमिट्यान्टस आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ७१ अर्ब ४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ०६ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि