६ विवाह मण्डपबाट भागेकी कटरीना « Khabarhub

६ विवाह मण्डपबाट भागेकी कटरीना


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– अभिनेत्री कटरीना कैफ बलिउडको ठूलो नाम हो । सन् २००३ मा बलिउडमा डेब्यू गरेपछि कटरीनाले कैयौं भूमिका निर्वाह गरेकी छन् । यी भूमिकामा उनले निभाएको बेहुली भूमिका निकै हिट छ ।

कटरीनाले कैयौं फिल्ममा यस्तो महिलाको भूमिका निभाएकी छन्, जो विवाहको तयारीमा हुन्छिन् । तर उनी बेहुली बनेको फिल्ममा उनी विवाह मण्डपबाट भाग्ने गरेकी छन् ।

फिल्म ‘अजब प्रेमकी गजब कहानी’मा कटरीनाले अभिनेता रणवीर कपूरको प्रेमिकाको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा जेनीको भूमिकामा देखिएकी कटरीनाले प्रेमीसँग विवाह गर्ने तयारीमा हुन्छिन् । तर अन्त्यमा उनले आफ्नो प्रेम रणवीर कपूरसँग रहेको अनुभव गरेपछि उनी विवाह मण्डपबाट भाग्छिन् ।

फिल्म ‘नमस्ते लण्डन’मा कटरीनाको वैवाहिक लुक्स निकै आकर्षक थियो । यद्यपि यो फिल्ममा उनी आफ्नो विवाहबाट भागेर पहिलो पति अक्षय कुमारको ठाउँमा पुग्छिन् ।

कटरीनाले अभिनेता अक्षय कुमारसँग फिल्म ‘सिंह इज किङ’मा अभिनय गरेकी छन् । फिल्ममा कटरीनाको विवाह उनको अर्को दुलाहा रणवीर शोरेसँग हुने तामझाम भइरहेको हुन्छ । तर उनलाई आफ्नो वास्तविक प्रेमी अक्षय हो भन्ने थाहा भएपछि उनी भागेर अक्षयलाई भेट्न पुग्छिन् ।

फिल्म ‘पार्टनर’मा अभिनेता सलमान खानले निकै मेहनत गरेर गोविन्दा र कटरीनाको मन जोड्छन् । तर कटरीनाको धनी पिताले उनको विवाह अझ धनी केटासँग गराउन चाहन्छन् । यद्यपि कटरीनाको हुन लागेको विवाहमा गोविन्दा, सलमान र लारा दत्त पुग्छन् ।

यसबाहेक कटरीना फिल्म ‘मैंने प्यार क्यों किया’ र ‘मेरे ब्रदर की दुल्हन’मा पनि विवाहको मण्डपबाट भागेकी छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ३० बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन