सेल्फी खिच्दा मोडल सोफियाको निधन « Khabarhub

सेल्फी खिच्दा मोडल सोफियाको निधन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ(दैनिक जागरण)– सेल्फीको लत कति खतरनाक हुन्छ भन्ने कुराको अन्दाज लगाउन सकिँदैन । हङकङकी एक प्रख्यात मोडल सोफिया चेउङ यस्तै सेल्फी लतको शिकार बनेकी छन् ।

यी ३२ वर्षीया सामाजिक सञ्जाल अभियन्ताले आफ्नो फ्यानलाई प्रभावित गर्नका लागि अग्लो स्थानमा गएर सेल्फी लिँदा लडेर ज्यान गुमाएकी छन् ।

सोफिया गत साताको शनिबार आफ्नो साथीहरुसँग हङकङको हा पाक लई नेचर पार्क घुम्न गएकी थिइन । यही समयमा उनीमाथि यो घटना भएको हो । उनी पाइनएप्पल माउण्टेनमा चढेर सेल्फी लिन खोज्दा लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी सोफियालाई नजिकको अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सोफियाको सामाजिक सञ्जालमा फ्यान फलोइङ उत्साहप्रद छ । उनको पोस्टमा लाइक र कमेन्ट अत्याधिक आउछन् । इन्स्टाग्राममा उनको २४ हजार बढी फलोअर्स छन् ।

सामाजिक सञ्जालमा सोफियाको पहिचान एक साहसी महिलाको रुपमा थियो । साहसी यात्रा गर्न रुचाउने उनी यात्राका तस्वीरलाई इन्स्टाग्राममा शेयर गर्थिन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : २५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य