गुण्डा नाइके सगुन श्रेष्ठको समूहबाट कांग्रेस नेता घिमिरेमाथि कुट्पिट | Khabarhub Khabarhub

गुण्डा नाइके सगुन श्रेष्ठको समूहबाट कांग्रेस नेता घिमिरेमाथि कुट्पिट


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको वाग्मती प्रदेशमा क्रियाशील सदस्यताको विवाद टुंग्याउन गठित समितिका संयोजक श्याम घिमिरेमाथि आक्रमण भएको छ ।

क्रियाशील सदस्यको विषयमा वाग्मती प्रदेशमा विवाद टुंग्याउन पार्टीले केन्द्रीय सदस्य घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । संयोजक घिमिरे विवाद टुंग्याउन क्रियाशील रहेकै बखत उनीमाथि आफ्नै पार्टीका नेता मोहन बस्नेतको संरक्षकत्वमा रहेका गुण्डा नाइके सगुन श्रेष्ठसहितको समूहले आक्रमण गरेको हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्रियाशील सदस्यताको विषयलाई लिएर भक्तपुरका गुण्डा नाइके श्रेष्ठसहितको समूहले संयोजक घिमिरेमाथि हातपात गरेका छन् ।

छानविन समितिमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको उजुरी परेको थियो । उजुरीपछि समितिले मनपरी ढंगले सदस्यता वितरण गरेको ठहर गर्दै नयाँ क्रियाशील सदस्यलाई रद्ध गरी पुरानै सदस्यतालाई कायम गर्ने निर्णय गरेपछि विवाद बढेको थियो ।

विवाद बढ्दै जाँदा काठमाडौँको गौशाला पिंगलास्थानमा घिमिरेमाथि हातपात भएको हो । सिन्धुपाल्चोकका नेता एवं पूर्वसञ्चारमन्त्री बस्नेतको संरक्षकत्वमा रहेका श्रेष्ठको नेतृत्वमा खटिएका एक दर्जन युवाले नेता घिमिरेमाथि हातपात गरेका थिए ।

श्रेष्ठसँग सिन्धुपाल्चोकका नेता हरिशरण श्रेष्ठ, बालकृष्ण बस्नेत, प्रेमध्यज लामा, ज्ञानेन्द्र थापासँगै टोले गुण्डा झिङ्गे भन्ने सञ्जय लामा र सानु सगुनलगायतको समूहले आक्रमण गरेका थिए ।

सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्षसमेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलाप गर्दै आइरहेका छन् ।

श्रेष्ठलाई उपाध्यक्षमै रहेका बखत पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि तरूण दल केन्द्रीय कार्यसमितिले कारबाही गर्दै उपाध्यक्षबाट बर्खास्त समेत गरेको थियो ।

सगुन श्रेष्ठ र झिङ्गे दुवै जना प्रहरीको गुण्डाहरुको सूचीमा क वर्गमा सूचीकृत व्यक्ति हुन् । देशका १ सय ४३ क्षेत्रमा मात्र क्रियाशील सदस्यको टुंगो लागे पनि अन्य क्षेत्रहरुमा भने अझै विवाद नै छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : २८ बजे

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गाजामा तुरुन्त युद्ध रोक्न ट्रम्पको आग्रह, राष्ट्रसंघमा अरू के भने ?

न्यूयोर्क– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं – मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने