विप्लव समूहका नेता वलीको भने : अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ « Khabarhub

विप्लव समूहका नेता वलीको भने : अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका नेत्रविप्लव चन्द विप्लव समूहका नेता हेमन्त प्रकाश वलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महाराजगंजमा आयोजित स्वागत कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण जनताको अवस्थामा कुनै सुधार नआएको भन्दै संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले जनताको मन नजिति मुलुकमा वास्तविक जनतन्त्र नआउने बताए ।

वलीले अहिलेको कम्युनिष्ट वास्तविक कम्युनिष्ट नभएको आरोप लगाए । उनले आफू चार वर्षपछि बाहिर आएको भए पनि जेल जीवन आफ्नो लागि नौलो नभएको बताए ।

केहीवर्षअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विप्लव समूहले गराएको बम विष्फोटमा संलग्न भएको आरोपमा वलीलाई पक्राउ गरिएको थियो ।

उनी मुटुको उपचारका लागि शहिद गंगालाल हृदयकेन्द्रमा भर्ना भएका बेला सर्वोच्चले साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ०७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना