काँग्रेस पदाधिकारी बैठक : महाधिवेशन केन्द्रित तीन विषयमा छलफल | Khabarhub Khabarhub

काँग्रेस पदाधिकारी बैठक : महाधिवेशन केन्द्रित तीन विषयमा छलफल


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रसले १४ औं महाधिवेशन केन्द्रीत तीन विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशन सम्बन्धी तीन वटा विषयमा छलफल गरेको हो ।

निर्वाचन सतिति, नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति र समायोजन समितिका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेता रमेश लेखकले भने,‘बैठकमा कांग्रेसको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्ने विषयमा केन्द्रित भएर छलफल भएको छ ।’

बैठकमा निर्वाचन समितिको तयारी विषय र क्रियाशील सदस्यता छानविन समितिसँग सम्बन्धित विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिए । त्यसबाहेक उपसभापति विमलेन्द्र नीधि नेतृत्वमा कांग्रेसले गठन गरेको समायोजन समितिले गरेका कामका बारेमा समेत छलफल भएको उनले जानकारी दिए ।

महाधिवेशनका लागि गठन भएको निर्वाचन समितिले समेत काम शुरु गरिसकेको र त्यसबारेमा समेत बैठकमा छलफल भएको नेता लेखकले जानकारी दिए ।

उनले भने,‘निर्वाचनसँग सम्बन्धित काम पनि अघि बढेको छ । निर्देशिका बनाउने काम पनि शुरु भएको छ । समायोजन समितिको अहिलेसम्मका काम र आगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा छलफल भएको छ ।’

क्रियाशील सदस्यता छानविन समितिका संयोजक समेत रहेका नेता लेखकले छानविनको काम अन्तिम चरणमा पुगेको र त्यसको प्रतिवेदन तयार हुने क्रममा रहेको समेत जानकारी दिए ।

आजको बैठकमा प्रतिवेदन बुझाउनका लागि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेको उनले बताए ।

उनले भने,‘क्रियाशील सदस्यता छानविन समितिले अन्तिम चरणमा काम लगभग सकिएको अवस्था छ । सभापतिजीसँग प्रतिवेदन बुझाउनका लागि समय मागेका छौं । भोलि वा पर्सीसम्म कुन दिन फुर्सद हुन्छ हामीले समय मागेका छौं ।’

नेता लेखकका अनुसार अहिलेसम्म देशभित्रका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नाम टुंगो लागेको र विदेशस्थित जनसम्पर्क समितिसमेतबाट गरी आगामी महाधिवेशनमा करिब ९ लाखजति क्रियाशील सदस्य हुनेछन् ।

अहिलेसम्म ७५ जिल्लाको क्रियाशिल सदस्ययता लगभग टुंगोमा पुगेको भन्दै नेता लेखकले सप्तरी र बाराको क्रियाशील सदस्यताका बारेमा टुंगामा पुग्न नसकिएको र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने क्रममा रहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : २३ बजे

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड

कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए

बोगोटा– कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

एजेन्सी– संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत