अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट’ घोषणाको तयारी « Khabarhub

अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट’ घोषणाको तयारी


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ ।

अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् । उनी काजकिस्तानमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

तालिबानले ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ रहेको तथा हिंसा नगर्न अपील गरिरहेको छ । तालिबानले मुलुक आफ्नो कब्जामा रहे पनि अब कसैले डराउन नपर्ने जनाएको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरण नभए केही घण्टाभित्रै ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान नेताहरुले जनाएका छन् ।

अमेरिकी दूतावास विमानस्थलमा

राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ ।

हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो ।

विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।  अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ ।

२० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबान फेरि लगभग सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएको ४५ दिनमै तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ११ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा