अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट’ घोषणाको तयारी « Khabarhub

अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट’ घोषणाको तयारी


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ ।

अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् । उनी काजकिस्तानमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

तालिबानले ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ रहेको तथा हिंसा नगर्न अपील गरिरहेको छ । तालिबानले मुलुक आफ्नो कब्जामा रहे पनि अब कसैले डराउन नपर्ने जनाएको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरण नभए केही घण्टाभित्रै ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान नेताहरुले जनाएका छन् ।

अमेरिकी दूतावास विमानस्थलमा

राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ ।

हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो ।

विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।  अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ ।

२० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबान फेरि लगभग सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएको ४५ दिनमै तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ११ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित