‘सर्ट फिल्म फेस्टा’ विजेतालाई अवार्ड « Khabarhub

‘सर्ट फिल्म फेस्टा’ विजेतालाई अवार्ड


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छायाँछवि क्रिएसनले आयोजना गरेको ‘पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा–२०२१’ विभिन्न सट फिल्मले अवार्ड जितेका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा अवार्ड विजेतालाई अवार्ड दिइयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवराज बु्ढाथोकी निर्देशित ‘हाउस हजवेण्ड’ले ‘इन्करेजमेण्ट अवार्ड’, लक्ष्मण सुवेदी निर्देशित ‘मेहन्दीको रंग’ले ‘बेस्ट कन्सेप्ट स्कृप्ट अवार्ड’, दीपेन्द्र लामा निर्देशित ‘सावधान’ ‘पब्लिक च्वाइस अवार्ड’, सरोज खनाल निर्देशित ‘बिहानीमै अस्ताएको सूर्य’ले ‘जुरी अवार्ड’, कल्याण अधिकारीले ‘सर्ट फिल्म निर्देशक अवार्ड’, पुरन जोशी निर्देशित ‘मह्ः पुजा’ले ‘उत्कृष्ट डकुमेण्ट्री’ र अभिनव श्रेष्ठ निर्देशित ‘स्वीट सिक्सटिन’ले ‘उत्कृष्ट सर्ट फिल्म अवार्ड’ जित्यो ।

कार्यक्रममा रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवं फिल्मी पत्रिका फिल्मीखबरको नाममा स्थापना गरिएको ‘फिल्मीखबर–सविन स्मृति रंग पत्रकारिता पुरस्कार’ म्यूजिक खबर डटकमका पत्रकार सुमन वैरागीले पाए । पुरस्कारको राशी १० हजार १० रुपैंयाँ छ ।

क्रियशनका अध्यक्ष शान्तिप्रियले कोरोना महामारीका कारण कार्यक्रम ढिलो आयोजना गर्नुपरेको बताए । प्रविशा प्रकाशनका अध्यक्ष एवम् राप्रपाका नेता प्रदिपकुमार उदयले वर्तमान कोरोना कहर र फिल्म उद्योगका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सर्ट फिल्म फेष्टाका जुरीहरु प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवं जुरी संयोजक ऋषि लामिछानेलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ०० बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको