काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१–३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६१४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण ः
०–१० वर्ष – ५०
११–२० वर्ष – २०३
२१–३० वर्ष – ६१४
३१–४० वर्ष – ५६३
४१–५० वर्ष – ४४७
५१–६० वर्ष – ३३८
६१–७० वर्ष – १७९
७१–८० वर्ष – ११९
८० वर्षभन्दा माथि – ४५
अज्ञात ८
प्रतिक्रिया