९९२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

९९२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७९५ कोरोना संक्रमितको आईसीयूमा र १९७ को भेन्टिलेटरमा गरी कुल ९९२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १३७ जना आईसीयूमा र ५२ भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । बागमती प्रदेशमा ५०४ जना आईसीयूमा र १२६ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ७० जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ६९ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, कर्णालीमा ४ जना आईसीयूमा र सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : १५ बजे

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन्

जेन जीको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा 

काठमाडौं– जेन जीको प्रदर्शनमा घाइतेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड

संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली

काठमाडौँ- प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संसद् भवन