संसद अधिवेशन अन्त्य गरेकोमा एमालेको विरोध « Khabarhub

संसद अधिवेशन अन्त्य गरेकोमा एमालेको विरोध

मुख्य सचेतक सोध्छन् : कति वटा विधेयक प्रस्तुत गर्नुभयो ?


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्य विपक्षी दल नेकपा एमालेले संघीय संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा विघटनको विरोध गरेको सत्तारूढ गठबन्धनले संसद चलाउन नसकेर अधिवेशन अन्त्य गरेको आरोप लगाए । उनले अधिवेशन अन्त्य दुःखद भएको टिप्पणी गरे ।

खबरहबसँग कुरा गर्दै भट्टराईले भने, ‘यो संसद विघटन भएका बेला ठूलो लडाइँ गर्दै संसदका जन्मदाता हामी नै हौँ भनेर लाग्नुभएका र संसद पुनर्स्थापना  हुँदा लोकतन्त्र र गणतन्त्रको रक्षा भएको भन्नेहरूले अधिवेशन अन्त्य गर्नु दुःखद छ ।’

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद विघटन गरेको आधारमा प्रतिगमनकारी भन्नेहरूले संसदमा कुनै पनि विधेयक पेश गर्न नसकेको बताए । ‘केपी ओलीलाई प्रतिगमनकारी भन्नेहरूले के के विधेयक पास गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने, ‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्‍यौँ भन्नेहरूले संसद निकम्मा सावित गर्नुभयो । संसदमा विजनेश दिन सक्नुभएन । संसदका लागि यो समय दुःखद रह्यो ।’

उनले सरकारले छोटो समयमा अधिवेशन अन्त्य गरेर महत्वपूर्ण अध्यादेशहरू समेत छलफल नगराएको आरोप लगाए । उनले भने, ‘अध्यादेश संसदमा टेवल समेत गर्नुभएन । यसमा गम्भीर आपत्ति छ । आगामी दिनमा संसदलाई सकेसम्म प्रभावकारी बनाउन हामी लाग्नेछौँ ।’

भट्टराईले वर्तमान सरकारले एमाले विभाजन हुने गरी अध्यादेश ल्याउन नसक्ने बताए । अध्यादेश जारी भयो भने एमालेमात्रै नभई अरू दल पनि विभाजन हुने उनको भनाइ छ । उनले भने, ‘अध्यादेश ल्याउने आँट गर्नुहुन्न । अध्यादेशमा एमालेका लागि भनेर लेख्न मिल्दैन । सबै दललाई दख्खल दिन्छ ।’

एमाले नेताहरूले दल विभाज गर्न सहज हुने गरी अध्यादेश आउनसक्ने शंका गर्दै आएका छन् । यस सम्बन्धमा उनीहरूले प्रतिनिधिसभा बैठकमा पनि कुरा उठाएका थिए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य जगन्नाथ खतिवडाले एमालेमा रहने वा नरहने टुङ्गो एक–दुई दिनमै लाग्ने बताउँदै अध्यादेश आउन सक्ने संकेत गरे ।

उनले खबरहबसँग भने, ‘अब एकताको अन्तिम प्रयत्नका लागि एक–दुई दिनमात्रै समय छ । अन्तिम प्रयास पनि विफल भएपछि के गर्ने भनेर निर्णय गर्छौं ।’

खतिवडाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले समेत अध्यादेश ल्याइदिन सरकारसँग आग्रह गरेको थाहा पाएको बताए ।

उनले अध्यक्ष केपी ओलीको अत्याचार सहेर अब पार्टीमा बस्न नसक्ने बताए । उनले भने, ‘केपी ओलीको अत्याचार सहेर आन्दोलनलाई समाप्त पारेको हेरेर बस्न सकिन्न । कम्युनिट आन्दोलनको पुनर्गठन जरुरी छ ।’

एमालेमा एकताका लागि वरिष्ठ नेता नेपाललाई समान हैसियतको अध्यक्षको जिम्मेवारी दिन ओलीले वाचा गरेको र त्यो पूरा गर्ने नगर्ने उनमै भर पर्ने पनि खतिवडाले बताए । उनले भने, ‘हामीले एकताको बटमलाइन तयार गरिसकेका छौँ । हाम्रो विचार समूहको केन्द्रीय कमिटी बैठकले एकताको १० बुँदे प्रस्ताव पारित गरेको हो तर त्यो अपूर्ण रहेको छ, त्यसलाई पूर्ण बनाएर जाऔँ भनेका छौँ ।’

खतिवडाले संयुक्त अध्यक्षता र संयुक्त हस्ताक्षरको विषयमा सहमतिका लागि ओलीलाई पर्खेको पनि बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ३६ बजे

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि