यदि जित हासिल गर्न चाहनुहुन्छ भने हल्ला नफैलाउनुस् « Khabarhub

यदि जित हासिल गर्न चाहनुहुन्छ भने हल्ला नफैलाउनुस्


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई थाहा छ, तपाईंको काम गर्ने कम्पनी या संस्थाका कर्मचारी बीच विभिन्न क्रियाकलापहरु भइरहेका छन् । उनीहरु विवाहित हुन् या अविवाहित । उनीहरुका विभिन्न हर्कतहरु तपाईंले सुन्नुभएको छ वा देख्नु भएको छ । तर तपाईंले त्यस्ता कुाहरुको हल्ला नफैलाउनुस् ।

हुनसक्छ तपाईंलाई यस्ता कुरा सुन्नमा र गर्नमा मजा आउँछ । नवीनतम जानकारी कहिलेकाहीँ उपयोगी पनि सावित हुनसक्छ । तर यस नियमको एक हिस्सा वास्तवमै सरल छ । यो अरु कसैलाई नबताउनुहोस् । बस यही हल्ला तपाईंसम्म आएर समाप्त हुन जान्छ । तपाईंले सुन्न त सक्नुहुन्छ, तर यसलाई अगाडि बढाउनु हुन्न या आफ्नो राय दिनुहुन्न ।

हल्ला फैलाउनु अल्छे दिमाग भएको व्यक्तिको काम हो । जोसित गर्नको लागि पर्याप्त काम हुँदैन । यो ती कर्मचाीको पनि प्रिय मनोरञ्जन हो जोसित दिमाग विनाको काम हुन्छ । यस्तो काम, जसलाई तिनले सोचविचार नगरी गर्न सक्छन्, यसकारण तिनले मूर्खतापूर्ण वकबास, मनगढन्ते किसिमको हल्ला, झूटो कुरा र दुर्भाग्यपूर्ण कहानीमा आफूलाई व्यस्त राख्छन् । यदि यसमा तपाईंले अलिकति पनि सामेल हुनुभएन भने तपाईंलाइ गम्भीर या बाहिर व्यक्तिको रुपमा मात्र देख्न सकिन्छ । तपाईं आफू कुनै पनि प्रकारको हल्ला नफैलाउनुहोस् । हल्ला फैलाउनेलाई कहिल्यै तिनले कति मूर्खतापूर्ण काम गरिरहेका छन् नभन्नुस् ।

प्रायःजसो मामिलामा विवेक नै सबैभन्दा महत्वपूर्ण शब्द हो । हल्ला फैलाउने व्यक्तिको छवि नबनाउनुहोस् । बस यसलाई अगाडि नबढाउनुहोस् । आफैमा सिमित राख्नुहोस् ।

साभार : ‘तपाईंका जीत’ पुस्तकबाट

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : १४ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा