साबधान ! मन्द विष समान हुन्छन् यी खानेकुरा  « Khabarhub

साबधान ! मन्द विष समान हुन्छन् यी खानेकुरा 


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै पनि कुराको सीमित खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । चाहिने भन्दा बढि कुनै पनि कुरा सेवन गरे  हानी गर्दछ । तर मानिसको स्वाद माथिको नियन्त्रण गुम्दा जे पनि मनलागी खाने गर्दछन् । जसका कारण विभिन्न रोगको शिकार बन्न पुग्दछन् ।

धेरैलाई थाहा छ, बढि मात्राको नुन वा चिनीको सेवनले रोग लाग्दछ । तर पनि मानिस यसको लतबाट टाढिन सकेका छैनन् । जसका कारण अत्यधिक मात्रामा यि चिज खादाँ थुप्रै रोग निम्तिने खतरा हुन्छ । नुन र चीनी मात्र होइन अन्य केहि यस्ता कुरा छन् जसलाई मन्द विष भनिन्छ । के के हुन् ति खानेकुरा ?

– नुन

नुनमा सोडियमको मात्रा अत्यधिक हुन्छ । जसले उच्च रक्तचाप, क्यान्सर, हृदयघातसम्मको जोखिम निम्त्याउने गर्दछ ।

– चीनी

चीनीको अत्यधिक सेवनले कलेजोमा ग्लाइकोजनको मात्रा कम गर्दछ । धेरै चीनी खाँदा मोटोपना, थकान, माइग्रेन, दम र छाला चाउरी पर्ने समस्या हुने गर्दछ ।

– मैदा

मैदामा अलिकति पनि फाइबर हुँदैन । त्यसैले मैदाजन्य खाना खाँदा अपचको समस्या हुन्छ । यस अलावा यसमा पाइने ब्लिचिङ एजेन्टका कारण मुटुको समस्या हुने गर्दछ ।

– पेय पदार्थ

बजारमा पाइने बिभिन्न प्रकारका पेय पदार्थमा चीनी र फोस्फोरिक एसिड हुन्छ । धेरै पेय पदार्थ पिउँदा मुटुमा समस्या हुने गर्दछ र स्मरणशक्ति क्षिण हुने गर्दछ ।
– फास्टफुड

यसमा हुने मोनोसोडियम ग्लूटामेटले मोटोपना तीब्र रुपमा बढ्ने गर्दछ । साथै यसको बढि सेवनले मुटु रोग, अल्जाइमरको सम्भावना समेत बढ्ने गर्दछ ।

– टुसा उम्रेको आलु

टुसा उम्रेको आलुमा ग्लाइकोअल्केलाइड्स हुन्छ । यसले झाडापखाला, टाउको दुख्ने वा माइग्रेनको सम्भावना बढाउने गर्दछ ।

– च्याउ

काँचो च्याउमा कार्सिनोजेनिक कम्पाउन्ड हुन्छ । जसले क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले च्याउलाई उमालेर खानु पर्दछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ११ बजे

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय

ज्वालामुखी विस्फोटपछि नेपालबाट हुने दुई उडान रद्द हुँदा सयौँ यात्रु विमानस्थलमै

काठमाडौं- इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण

चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने

काठमाडौं- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी घनश्याम भुसालको नेतृत्वमा अघि