कतारमा कोरोनाविरुद्धको तेस्रो डोज (बुस्टर) खोप लगाउन शुरु « Khabarhub

कतारमा कोरोनाविरुद्धको तेस्रो डोज (बुस्टर) खोप लगाउन शुरु


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारमा कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।

आठ महिना भन्दा पहिले भ्याक्सिनको दोस्रो डोज पाएका सबै व्यक्तिहरुको लागि तेस्रो डोज खोप लगाउन थालेको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाउने कतार युनिभर्सिटीका पूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसी रहेको र उनले मदिना खलिफा स्वास्थ्य केन्द्रमा पुगेर बुधबार खोप लगाएको मन्त्रालयले जनाएको छ ।

बुस्टर खोप डोज नाम दिइएको तेस्रो डोज खोप फाइजर, बायोएनटेक र मोर्डनाबाट निर्माण भएको हो । उक्त तेस्रो डोज खोप गम्भीर संक्रमणको जोखिम रहेका व्यक्तिहरुमा केन्द्रित हुने जनाइएको छ । अहिलेसम्म कतारमा ४६ लाख २४ हजार १७९  जनालाई खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ४५ बजे

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर