कतारमा कोरोनाविरुद्धको तेस्रो डोज (बुस्टर) खोप लगाउन शुरु | Khabarhub Khabarhub

कतारमा कोरोनाविरुद्धको तेस्रो डोज (बुस्टर) खोप लगाउन शुरु


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारमा कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।

आठ महिना भन्दा पहिले भ्याक्सिनको दोस्रो डोज पाएका सबै व्यक्तिहरुको लागि तेस्रो डोज खोप लगाउन थालेको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाउने कतार युनिभर्सिटीका पूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसी रहेको र उनले मदिना खलिफा स्वास्थ्य केन्द्रमा पुगेर बुधबार खोप लगाएको मन्त्रालयले जनाएको छ ।

बुस्टर खोप डोज नाम दिइएको तेस्रो डोज खोप फाइजर, बायोएनटेक र मोर्डनाबाट निर्माण भएको हो । उक्त तेस्रो डोज खोप गम्भीर संक्रमणको जोखिम रहेका व्यक्तिहरुमा केन्द्रित हुने जनाइएको छ । अहिलेसम्म कतारमा ४६ लाख २४ हजार १७९  जनालाई खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ४५ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १