बोक्सी भन्दै महिलामाथि कुटपिट एक पक्राउ « Khabarhub

बोक्सी भन्दै महिलामाथि कुटपिट एक पक्राउ


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ ।

स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १० : ४५ बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार