एमाले विभाजन हुनबाट नेताले जोगाउन सकेनन् : केपी ओली (भिडियो) « Khabarhub

एमाले विभाजन हुनबाट नेताले जोगाउन सकेनन् : केपी ओली (भिडियो)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् ।

‘एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’

कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उनले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराए । ‘जसकारण कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि केहीमा देखिएको व्यक्तिगत स्वार्थले त्यसलाई कायम राख्न सकिनौं,’ उनले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ३ : ३७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार