शाक्यलाई ओलीको प्रश्न : फेरि पार्टी फुटाउन माधव कमरेडको आवश्यकता पर्‍यो ? (भिडियो) | Khabarhub Khabarhub

शाक्यलाई ओलीको प्रश्न : फेरि पार्टी फुटाउन माधव कमरेडको आवश्यकता पर्‍यो ? (भिडियो)

उत्तेजित नबनाउन सरकारलाई चेतावनी


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गरे । अध्यक्ष ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिब ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले सम्बोधनका एमाले विभाजन गरेकोमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि आक्रोश पोखे ।

पार्टी विभाजन अघि माधवकुमार नेपालसँगै रहेकी एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विभाजनको बाटो सही नभएको भन्दै पार्टीमा फर्किन आव्हान गरिन् । अध्यक्ष ओलीभन्दा पहिला सम्बोधन गरेकी उनले माधवकुमार नेपाल आफूहरुको नेता भएको भन्दै एमालेमा उनको आवश्यकता भएको बताइन् ।

शाक्यको यो आव्हानको जवाफ ओलीले दिए । शाक्यपछि सम्बोधन गरेका ओलीले एमालेमा माधवकुमार नेपालको कुनै आवश्यकता नभएको बताए । उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’

ओलीले नेता नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरे । उनले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे ।

‘तपाईहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भने ।

कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्दै ओलीले भने, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको ? प्रचण्डको पछि लागेर के हुन्छ । आउनुस् एकीकृत एमालेमा ।’

अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए । कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको उनको भनाइ छ ।

‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्को पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’

प्रचण्ड र माधव नेपालमाथि आक्रोश पोखेपछि अध्यक्ष ओली सरकारमाथि खनिए । उनले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिए । उनले जनतामाथि सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरिएको भन्दै आपत्ति जनाए ।

‘जनतमाथि सरकारले सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरेको छ’, ओलीले भने, ‘जनतालाई उत्तेजित बनाउने कार्य नगर्नुस्, प्रतिकारमा उत्रने अवस्था नआओस् ।’

आफ्नो शासनकालमा जनतामाथि बल प्रयोग नभएको दाबी गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकारले जनताको विरोध प्रदर्शनमा बल प्रयोग गरेको आरोप लगाए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : ०१ बजे

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा