फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य सामग्री सहयोग « Khabarhub

फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य सामग्री सहयोग


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्स सरकारले कोभिड–१९विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको छ ।

फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन् ।

नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुङ्गा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेलधुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रु ६६ लाख ७२ हजार बराबरका अतिरिक्त पार्टपुर्जा प्रदान गरिएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १० : ३२ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान