साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध « Khabarhub

साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ ।
उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

तर, यसअघि नै नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो ।

श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका उनलाई शनिबार हुन लागेको भारतविरुद्धको फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । तर, उनीमाथि लगाइएको प्रतिबन्ध साफकै नियमावलीविपरीत गरेको भन्दै आलोचना भइरहेको छ ।

साफको नियमावलीअनु्सार रातो कार्ड पाएमा मात्र अर्को खेल गुमाउनेछ । तर, उनले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए ।

अलमुताईरीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । तर, साफको उक्त निर्णयप्रति मुख्य प्रशिक्षक अलमुताईरीले असन्तुष्टि जनाएका छन् ।

शनिबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले आफूमाथि प्रतिबन्ध लगाउने निर्णय साफ च्याम्पियनसिपको उपाधि भारतले जितोस् भन्ने उद्देश्यले अभिप्रेरित रहेको आरोप लगाए । व्यक्तिगत रिसइवी साँध्ने गरी ममाथि नभएर नेपाली फुटबलमाथि कारबाही गरिएको उनको भनाइ छ ।

नेपाललाई पहिलो पटक साफ च्याम्पियसिपको फाइनलमा पुर्‍याएका अलमुताईरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा जाने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ५३ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन