‘जलवायु परिवर्तन न्यूनीकरण गर्न नीतिगत योजना बनाउन पर्छ’ « Khabarhub

‘जलवायु परिवर्तन न्यूनीकरण गर्न नीतिगत योजना बनाउन पर्छ’


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलवायु परिवर्तनबाट परेको असर र न्यूनीकरण गर्ने योजनाबद्ध कार्य अहिलेको आवश्यक रहेको सरोकारवाला क्षेत्रका व्यक्तिले बताएका छन् ।

औद्योगीकरणसँगै बढ्दो कार्बन उत्सजन, वन विनाश, वातावरण प्रदुषणको प्रकोप जलवायु परिवर्तनको मुख्य कारण भएकाले अब नेपालले पनि यसको न्यूनीकरण गर्न नीतिगत योजना बनाउन पर्ने उनीहरूले बताए ।

आइतबार काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना भएको ‘जलवायु परिवर्तनमा विवादित मुद्दाहरु, कोप–२६ मा नेपालको सान्दर्भिकता विषयक अन्तर्क्रियामा बोल्ने वक्ताले जलवायु परिवर्तनको विषयलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रममा एसियन इन्स्टिच्युट अफ थाइल्याण्डका उपाध्यक्ष शोभाकर ढकालले जलवायु परिवर्तनका लागि आवश्यक रणनीति बनाउन आवश्यक रहेको बताए ।

जलवायु परिवर्तनको प्रभावले सम्पुर्ण अर्थतन्त्र र वातावरणमा समस्या आउने खतरा औंल्याउँदै उनले जलवायु परिवर्तनले देखा परेको समस्या आगामी पुस्ताले भोग्नुनपर्ने गरी समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘विश्वका ठूला अर्थतन्त्र भएका देश तथा समग्र विश्वले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस तापक्रमभन्दा माथि बढ्न नदिने प्रतिवद्धता जनाए पनि त्यसको उल्लंघन भएको छ ।’

कार्यक्रममा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले हिउँ र मौसम पूर्वानुमानका लागि देशका विभिन्न २३ स्थानमा स्टेशनको स्थापना गर्नुपर्ने बताए ।
उनले स्टेशनको स्थापना गरेपछि मात्र मनिटर गरी अध्ययन र डाटा कलेक्सन गर्न सहज हुने बताए ।

हालसम्म कुनै डाटा संकलन नभएकाले त्यसको व्यवस्थापन गर्न सरकार लाग्नुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘डेटा नहुँदा के गर्ने भन्ने विषय नै अन्योलमा छ । डेटा कलेक्सन गर्न नसक्दा क्लाइमेट फाइन्नासको आउने पैसा ल्याउन सकिएको छैन ।’
उनकाअनुसार नेपालको पूर्वदेखि पश्चिमसम्म १९ नदीको जलाधार क्षेत्र छन् ।

‘हिउँ र मौसमका लागि २३ वटा स्टेशनहरु राख्नुपर्छ’ कार्यस्थ भन्छन्, ‘विभिन्न प्रोजेक्ट आउँदा पनि स्टेशनको काम अघि बढ्न सकेको छैन ।’

कार्यक्रममा एकीकृत विकास अध्ययन संस्थानका सल्लाहकार डा. विन्दू लोहनीले समस्यामुक्त भविष्य सुनिश्चित गर्न युवा पुस्ता जागरुक हुन आवश्यक रहेको बताए ।

उनले जलवायु परिवर्तनमा निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : १६ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह