मोटो र भद्दा शरीरबाट छुटकारा पाउन यसो गर्नुहोस्    | Khabarhub Khabarhub

मोटो र भद्दा शरीरबाट छुटकारा पाउन यसो गर्नुहोस्   


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपन अहिले धेरै मानिसको समस्या हो । सबै मानिस स्लिम र फिट हुन चाहन्छन् । तर कतिपय खानपान र गतिविधिले त्यो सम्भव हुँदैन । मोटोपन घटाउन धेरैले धेरै उपाय अपनाउँछन् । तर ती सबै उपाय उपयोगी नहुन सक्छ । यस्तोमा चाँडै तौल घटाउन के गर्न सकिन्छ त ?

ग्रिन टिको सेवन
ग्रिन टिको नियमित सेवनले तौल कम गर्न सहयोग गर्दछ । शरीरमा जमेको अतिरिक्त बोसो कम गर्न दैनिक तीनदेखि पाँच कप ग्रिन टी पिउँदा ४० प्रतिशतसम्म फ्याट बर्न हुन्छ ।

बिहान व्यायाम
तौल घटाउन चाहानेले दैनिक बिहान व्यायाम गर्नु पर्दछ । बिहान व्यायाम गर्दा ३ गुणा बढी फ्याट बर्न हुने गर्दछ । त्यसैले हरेक बिहान कम्तीमा आधा घण्टा व्यायाम गर्नु पर्दछ ।

सक्रिय रहने
सकेसम्म रचनात्मक बन्ने, शारीरिक गतिविधि गर्ने, सक्रिय रहने गर्नु पर्दछ । यसरी सक्रिय बन्दा शरीरको अतिरिक्त बोसो घट्दछ । यसले क्यालोरीलाई बर्न गरेर मोटोपन घटाउँछ ।

हिड्ने बानी बसाउने
घर नजिकैको बजार, नजिकैको कार्यालय वा कतै आउजाउ गर्न परे सकेसम्म हिँड्ने बानी बसाउनु लाभदायी हुन्छ । स्वस्थ रहन हिँड्न आवश्यक छ ।

पर्याप्त पानी पिउने
स्वस्थ शरिरका लागि सधैँ पर्याप्त मात्रामा पानी पिउनु पर्दछ । पानीले शरीरमा जमेको बोसोको मात्रा कम हुने गर्दछ । साथै मिर्गौला पनि स्वस्थ हुन्छ ।

पर्याप्त निन्द्रा
पर्याप्त निन्द्राले शरिर स्वस्थ हुन्छ । दिमाग ताजा बनाउँछ । साथै निन्द्राले तौल कम गर्न पनि सहयोगी भूमिका खेल्दछ । त्यसैले नियमित ८ घण्टा सुत्न आवश्यक छ ।

चपाएर खाने
खानालाई सधैँ राम्रोसँग चपाएर बिस्तारै खानु पर्दछ । खाना राम्रोसँग चपाउँदा सजिलै पच्छ । साथै ढिलो गरेर खाँदा धेरै खाइँदैन र मोटोपन हुनबाट जोगिन्छ ।

धेरै बेरसम्म नबस्ने
लामो समयसम्म एकै ठाउँमा धेरै बेर बसिरहँदा शरीरमा अत्यधिक बोसो जम्मा हुने गर्दछ । बस्दा शरीर निष्क्रिय हुने भएकाले मेटाबोलिजम स्लो हुन्छ र बोसो जम्मा हुने गर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २२ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं