मोटो र भद्दा शरीरबाट छुटकारा पाउन यसो गर्नुहोस्    « Khabarhub

मोटो र भद्दा शरीरबाट छुटकारा पाउन यसो गर्नुहोस्   


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपन अहिले धेरै मानिसको समस्या हो । सबै मानिस स्लिम र फिट हुन चाहन्छन् । तर कतिपय खानपान र गतिविधिले त्यो सम्भव हुँदैन । मोटोपन घटाउन धेरैले धेरै उपाय अपनाउँछन् । तर ती सबै उपाय उपयोगी नहुन सक्छ । यस्तोमा चाँडै तौल घटाउन के गर्न सकिन्छ त ?

ग्रिन टिको सेवन
ग्रिन टिको नियमित सेवनले तौल कम गर्न सहयोग गर्दछ । शरीरमा जमेको अतिरिक्त बोसो कम गर्न दैनिक तीनदेखि पाँच कप ग्रिन टी पिउँदा ४० प्रतिशतसम्म फ्याट बर्न हुन्छ ।

बिहान व्यायाम
तौल घटाउन चाहानेले दैनिक बिहान व्यायाम गर्नु पर्दछ । बिहान व्यायाम गर्दा ३ गुणा बढी फ्याट बर्न हुने गर्दछ । त्यसैले हरेक बिहान कम्तीमा आधा घण्टा व्यायाम गर्नु पर्दछ ।

सक्रिय रहने
सकेसम्म रचनात्मक बन्ने, शारीरिक गतिविधि गर्ने, सक्रिय रहने गर्नु पर्दछ । यसरी सक्रिय बन्दा शरीरको अतिरिक्त बोसो घट्दछ । यसले क्यालोरीलाई बर्न गरेर मोटोपन घटाउँछ ।

हिड्ने बानी बसाउने
घर नजिकैको बजार, नजिकैको कार्यालय वा कतै आउजाउ गर्न परे सकेसम्म हिँड्ने बानी बसाउनु लाभदायी हुन्छ । स्वस्थ रहन हिँड्न आवश्यक छ ।

पर्याप्त पानी पिउने
स्वस्थ शरिरका लागि सधैँ पर्याप्त मात्रामा पानी पिउनु पर्दछ । पानीले शरीरमा जमेको बोसोको मात्रा कम हुने गर्दछ । साथै मिर्गौला पनि स्वस्थ हुन्छ ।

पर्याप्त निन्द्रा
पर्याप्त निन्द्राले शरिर स्वस्थ हुन्छ । दिमाग ताजा बनाउँछ । साथै निन्द्राले तौल कम गर्न पनि सहयोगी भूमिका खेल्दछ । त्यसैले नियमित ८ घण्टा सुत्न आवश्यक छ ।

चपाएर खाने
खानालाई सधैँ राम्रोसँग चपाएर बिस्तारै खानु पर्दछ । खाना राम्रोसँग चपाउँदा सजिलै पच्छ । साथै ढिलो गरेर खाँदा धेरै खाइँदैन र मोटोपन हुनबाट जोगिन्छ ।

धेरै बेरसम्म नबस्ने
लामो समयसम्म एकै ठाउँमा धेरै बेर बसिरहँदा शरीरमा अत्यधिक बोसो जम्मा हुने गर्दछ । बस्दा शरीर निष्क्रिय हुने भएकाले मेटाबोलिजम स्लो हुन्छ र बोसो जम्मा हुने गर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २२ बजे

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।