चुट्किला : कपालको सत्यानाश | Khabarhub Khabarhub

चुट्किला : कपालको सत्यानाश


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना अधबैँसे नेता अचानक, तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झ्याप्प कपाल थियो । नसुहाएर पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?

नेताजीले आफ्नो कहानी सुनाए— के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीको रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो ।

जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नुस् न, महिना दिनमै मेरो यो हालत भयो ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ४९ बजे

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त 

काठमाडौं– वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई