प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे « Khabarhub

प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न राणालाई सुझाव दिए ।

राणाले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि राणाले पदमा बस्न नहुने बताए ।

राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् ।

उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर राणालाई महाअभियोग लगाउन माग गरिसकेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको