बन्दले सवारीसाधन नचल्दा यात्रुलाई सास्ती « Khabarhub

बन्दले सवारीसाधन नचल्दा यात्रुलाई सास्ती


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ ।

बन्दका कारण यात्रुले सास्ती भोग्नु परेको छ । हेटौंडामा सार्वजनिक सवारी साधन चलेका छैनन् । केही मयूरी तथा साइकलबाहेकका अन्य सवारी साधन चलेका छैनन् भने मुख्य बजारका पसल पनि बन्द छन् । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्ति लोकपथलगायतका सडकखण्डमा प्रभाव परेको छ ।

मकवानपुरका उद्योग कारखाना, शैक्षिक संस्था बन्दका कारण ठप्प बनेका छन् । विभिन्न सरकारी कार्यालयहरू खुले पनि सेवाग्राही भने उपस्थित देखिएका छैनन् ।

बन्दमा कुनै पनि प्रकारको अप्रिय घटना नभएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार बन्दमा कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा व्यवस्थामा ध्यान दिइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ३३ बजे

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी